१८ कार्तिक २०८३, बुधबार

खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको चार दिनभित्र विवरण बुझाउन निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न बनाइएको छानविन समितिले रहेको खोप र खोप लगाएका व्यक्तिहरुको विवरण ४ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

समितिले माघ २१ अपरान्ह ३ ४ बजेसम्म सबै विवरण पठाउन सरोकारवाला पक्षलाई निर्देशन दिएको हो ।

२४ लाख डोज खोप हराएपछि चौतर्फी आलोचना भएको थियो । सरकारले त्यसको विवरण बुझाउन १५ दिनको म्याद दिँदै ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।