१९ कार्तिक २०८३, बिहिबार

देश बिगार्ने प्रचण्ड हुन् भन्दै माओवादीबाट सिंगो गाउँ एमाले प्रवेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बिगार्ने हुन् भन्दै नेता कार्यकर्ताहरुले पार्टी छोड्ने क्रम जारी रहेको छ ।

यसै क्रममा आइतबार अर्घाखाँचीको मालारानी गाउँपालिकाका माओवादीका अध्यक्षसहित ५० घरपरिवारका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुले प्रचण्डले मुलुकको विकास र समृद्धि रोकेको र विदेशीको इशारामा चलेर नेपालमा सधैँ अस्थिरता निम्त्याउने खेल खेलेको बताए ।

मालारानी वडा नं ३ का माओवादी केन्द्रका अध्यक्ष रोमाहर्ष खनालको नेतृत्वमा ५० घर परिवार एमालेलमा समाहित भएका हुन् ।

त्यस्तै, नेपाली काँग्रेसका स्थानीय हस्तीहरु पनि एमालेमा प्रवेश गरेका छन ।

एमाले प्रवेश गर्नेमा बाबुराम खनाल, लेखनाथ घिमिरे, साबित्रा खनाल, माधव खनाल, महेन्द्र चौहानलगायत ५० घर परिवार रहेका छन ।

उनीहरुलाई एमाले सचिव टोपबहादुर रायमाझीसहित एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खडका, उज्वल, केन्द्रीय सल्लाहकार पिताम्बर भुसाल, जनार्दन खनाल, तेजबहादुर रायमाझी, शम्भु पोखरेल, सालिकराम आचार्य, लिलबहादुर बिक, तिलक मिश्र, बालकृष्ण शर्मा आचार्यलगायतका नेताहरुले स्वागत गरेका छन् ।