८ कार्तिक २०८३, आइतबार

झापामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

झापा, १७ माघ । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको थियो । –रासस