१९ कार्तिक २०८३, बिहिबार

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न समिति गठन गरेको छ ।

तथ्यांक नभेटिएको विवरण उक्त परिणामको खोप खोज्न मन्त्रालयले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् ।

समितिलाई दुई हप्ताभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।