८ कार्तिक २०८३, आइतबार

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दार्चुला, १४ माघ । दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै जनालाई लागु औषधसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोधारा चाँदनी–७ बाबाथानका २४ वर्षीय विवेक राना मगर, २० वर्षीय राहुल राना मगर र वडा नं ६ शान्तिटोलका १८ वर्षीय मुस्कान शाही रहेका छन् । दोधारा चाँदनी–७ का प्रेम बडुवालको घरबाट चोरिएको म २ प ५०८१ नम्बरको मोटरसाइकल खोजीका क्रममा तीनै जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले डम्बर चौराहमा शङ्कास्पद लागेर जाँच गर्दा पक्राउ परेकाहरुको साथबाट चार ग्राम ८५० मिलिग्राम हिरोइन भेटिएको बताउनुभयो ।

बडुवालले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय र बाबाथान प्रहरी चौकीको टोली खटिएको थियो । प्रहरीका अनुसार मोटरसाइकल उनीहरुले चोरी गरेका लगेका थिए ।

चौराह नजिक उनीहरू लुकेर बसिरहेको अवस्थामा भेटिएका थिए । प्रहरीले जाँच गरेपछि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा हिरोइन भेटाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शाहले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताउनु भयो । –रासस