
काठमाडौं, १४ माघ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले सहजीकरण सेवा शुरू गरेको छ ।
नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा (इन्स्योरेन्स) कम्पनी, लघुवित्त (माइक्रोफाइनान्स), जलविद्युत् (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरीद तथा विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको कम्पनीले जनाएको छ ।
उक्त सेवाका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर, ई–मेल र मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत् म्यासेज पठाउन सकिने छ । मार्केटले फोन नम्बर ९८५१०६७५७८ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिने जानकारी पनि दिएको छ ।
धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै विक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार विक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका विक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरुबीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको जनाएको छ ।
यसले आफ्नो ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरीदविक्री गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास कम्पनीले लिएको छ ।















प्रतिक्रिया