
काठमाडौं, १३ माघ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहीबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दैछन्।
स्थानीय निर्वाचनको विषयलाई लिएर आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका देउवाले शुक्रबार भने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक डाकेका छन्।
भर्चुअल माध्यमबाट हुने बैठकमा निर्वाचनसम्बन्धी विषयमा चर्चा हुनेछ। तीनै तहको निर्वाचन एकैसाथ गर्ने सत्ता गठबन्धनमा आएको प्रस्तावलगायतका विषयमा छलफल हुने बताइएको छ।











प्रतिक्रिया