
काठमाडौँ, १२ माघ । नेपाली बजारमा वुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले वुधबार सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, यता चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया