
पाल्पा, १२ माघ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका–६ बस्ने बर्दिया मधुवन नगरपालिका–३ घर भएका २१ वर्षीय सागर चौधरी छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको बताएको छ ।
सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया