८ कार्तिक २०८३, आइतबार

रुपन्देहीको देवदहको घोडाहा जंगलमा एक महिला र बालिकाको शव फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक बालिकासहित दुइ जनाको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गको छेउको जंगलमा मंगलबार दिउँसो एक अधवैंशे महिला र करिब ७ वर्षीया बालिकाको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरेर फालिएको हुनसक्ने जनाएको छ ।

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।