८ कार्तिक २०८३, आइतबार

अबैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । फ्लाई दुबइको उडान हुँदै काठमाडौँबाट दुबइ जान लागेका भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्राको रकमसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेकजाँच गर्ने क्रममा भारतीय नागरिक इसाक खान इब्राहिम खान विभिन्न देशका रकमसहित पक्राउ परेका हुन् ।

उनीबाट १५ हजार अमेरिकी डलर, ६१० साउदी रियाल, ३६ ओमानी रियाल, ९२० दिराम र २ हजार भारतीय रुपैयाँ बरामद भएका छ । खानलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।