
काठमाडौं, ७ माघ। सरकार गठन भएको ६ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
कोरोना महामारीले आक्रान्त भएका बेला देउवाको सम्बोधनमा स्वास्थ्य क्षेत्रमा केही विशेष सहुलियतका विषय आउन सक्ने अपेक्षा गरिएको छ।
मुल्यबृद्धि, पेट्रोलियमको बृद्धिलगायतका विषयमा सरकार आलोचित छ। यस्तै, जनतालाई स्वास्थ्य सेवा दिन नसकेको, अर्थतन्त्र ध्वस्त भएको भन्दै सरकारको आलोचनाबीच देउवाको सम्बोधन हुन लागेको हो। दिउँसो ३ बजे उनले सम्बोधन गर्नेछन्।















प्रतिक्रिया