
काठमाडौं, ७ माघ । बैंक अफ काठमाण्डूका ग्राहकहरूले लाइफ मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार गराउँदा छूट प्राप्त गर्ने भएका छन् ।
उक्त छूट सुविधाका लागि बैंकले मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । सम्झौताका आधारमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी उपचारबापतको शुल्क भुक्तानी गर्दा बैंकका ग्राहकले १०% सम्म छूट पाउने बैंकले जनाएको छ ।
ग्राहकहरूले उक्त सेवाहरुमा छूट उपयोग गर्नका लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया