८ कार्तिक २०८३, आइतबार

पूर्वसांसद एवम् साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष मानन्धरको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष एवम् पूर्वसांसद लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना परीक्षण गर्न बिहीबार काठमाडौंको ह्याम्स अस्पतालमा पुगेका मानन्धरको अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ उद्योग व्यवसायी समेत रहेका मानन्धर पूर्व सांसद र पूर्व सांसद मञ्चको आजीवन सदस्य समेत थिए । मानन्धर २०५८ मा एमालेबाट राष्ट्रियसभामा चुनिएका थिए ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादीको एकतापछि बनेको तत्कालीन नेकपाको उद्योग व्यवसायी महासंघका संयोजक रहेका मानन्धर समाजसेवा शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयका सञ्चालक समिति अध्यक्ष रहँदै आएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष समेत भइसकेका मानन्धर नेपालका प्रतिष्ठित उद्योगपति एवम् व्यवसायीकारूपमा चिनिदै आएका थिए ।

स्वर्गीय मानन्धरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।