
काठमाडौं, ६ माघ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
पुस २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पुनः अध्यक्षमा चयन भएका पौडेललाई बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ गराएका हुन् ।
बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुंगाना (तिम्सिना) र बम बहादुर मिश्रको उपस्थिति थियो ।
त्यस्तै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति सो कार्यक्रममा थियो ।















प्रतिक्रिया