८ कार्तिक २०८३, आइतबार

पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकी राजधानी डीसी पुग्नुको कारण

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ। पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकाको वासिङटन डीसी पुगेकी छन्। मंगलबार उनी अमेरिका पुगेकी हुन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै उनी डीसी पुगेको बताइएको छ। सामाजिक काममा सक्रिय शाह अध्यक्ष रहेको हिमानी ट्रष्टको शाखाको उद्घाटन कार्यक्रम तय भएको छ।

‘अमेरिकास्थित हिमानी ट्रष्टको शाखा कार्यालय उद्घाटनका लागि पूर्वयुवराज्ञी आउनुभएको हो’, डीसीमा बस्दै आएका पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाका अध्यक्ष गुणराज लुइँटेलले भने,‘उहाँको कुनै राजनीतिक कार्यक्रम छैन।’

अमेरिकामा रहँदा सामाजिक कामका विषयमा विभिन्न व्यक्तिसँग भेटेर शाहले परामर्श गर्नेछिन्। उनको कुटनीतिक भेटका विषयमा भने केही पनि खुलाइएको छैन। ‘औपचारिक रुपमा त्यस्ता भेटका विषयमा जानकारी छैन, अनौपचारिक रुपमा हुन सक्ने सम्भावना छन्’, शाहनिकट स्रोतले भन्यो।