६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । महालक्ष्मी विकास बैंकको पालुङ शाखाले न्यानो कपडा वितरण गरेको छ ।

बैंकले सञ्चालन गरेको “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययारत ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण गरेको हो ।

बैंकको पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पु¥याएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिंह गोलेले बैंकलाई धन्यवाद दिए ।

यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।