
काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउनको अर्को आदेश जारी गरिएको छ ।
कोरोना संक्रमण तीव्र बनेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका छन् ।
आदेशमा मंगलबार मध्यरातदेखि माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न निषेध गरिएको छ ।
प्रशासनको सूचनामा गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ ।
त्यस्तै, २५ जनाभन्दा बढी उपस्थिति नहुन पनि सूचित गराएको छ ।
त्यस्तै, प्रशासनले माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ ।
यस्ताे छ आदेश:















प्रतिक्रिया