
काठमाडौं, ४ माघ। स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने सहमति गर्दै मितिको टुंगो विहीबार लगाउनेगरी सत्ता गठबन्धनको बैठक सकिएको छ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उक्त सहमति गरेको हो। विहीबार विहान गठबन्धनको बैठकमा मिति तय गरी सोही दिउँसो बस्ने मन्त्रिपरिषदले चुनावको घोषणा गर्नेछ।
गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन्। अध्यक्ष नेपाल कोरोना संक्रमित भएपछि आइसोलेसनमा छन्।















प्रतिक्रिया