
बागलुङ, २ माघ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १३औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाबाट हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्दै जिसी सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।
समितिको उपाध्यक्षमा कालिका महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी पिंगला जिसी, सचिवमा शुभलाभ बचत तथा ऋण सहकारी संस्थाका दुर्वलकाजी राजभण्डारी, कोषाध्यक्षमा साना किसान कृषि सहकारी संस्था तङ्ग्रामका लक्ष्मण पुन चयन भएका छन् ।
त्यस्तै सञ्चालकहरुमा गुहेली सञ्चार सहकारी संस्थाका खिमबहादुर कार्की, शंखधर बहुमुखी सहकारी संस्थाका युक्तजंग राजभण्डारी, कुडुले दूग्ध उत्पादक सहकारी संस्थाका जगन्नाथ सापकोटा, गौमुखी कृषि विकास सहकारी संस्था गलकोटकी शिवकुमारी खत्री, गाजा बचत तथा ऋण सहकारी संस्थाका बृहस्पती कँडेल, नमूना महिला वचत तथा ऋण सहकारी संस्था बरेङकी चिनीमाया काला र महिला हित बचत तथा ऋण सहकारी संस्थाकी लिलादेवी खड्का रहेका छन् ।
त्यस्तै लेखा सुरपरीवेक्षण समितिको संयोजकमा निलगिरी बचत तथा ऋण सहकारी संस्थाका मिनबहादुर केसी (मिलन), जनकल्याण दूग्ध उत्पादक सहकारी संस्था मालिकाकी कोपिला खरेल र मिर्मिरे कृषि सहकारी संस्थाका थानेश्वर सुवेदी चयन भएका छन् ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोबिन्द राजभण्डारीको स्वागत, सचिव तेजेन्द्र थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघमा आवद्ध सहकारी संघ/संस्थाहरुको ११ लाख ७१ हजार शेयर रकम, ३७ लाख ३१ हजार १ रुपैयाँ निक्षेप, ३७ लाख कर्जा लगानीसहित संस्थाको कुल वासलात ६० लाख २२ हजार ३ सय ५३ रुपैयाँ ९३ पैसा रहेको जानकारी दिइएको छ ।















प्रतिक्रिया