
काठमाडौं, १ माघ । सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले ६ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको गत असार मसान्तसम्म कायम चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसाको ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकको साधारणसभाले पारित गरेको हो ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायत प्रतिवेदन पनि पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ वटा शाखा १० वटा एक्सटेन्सन काउन्टर, २५ वटा शाखारहित बैंकिङ्ग र १०८ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।















प्रतिक्रिया