
काठमाडौं, ३० पुस। सिभिल बैंक लिमिटेडको ११ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।
साधारण सभाले आर्थिक बर्ष २०७८–०७९को लेखापरिक्षण गर्नको लागि एन.बि.एस.एम.एण्ड एशोसियट्सलाई लेखा परिक्षकमा पुनःनियुक्त गरेको छ। सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीयसंस्थाहरु एक आपसमा मर्जर वा प्राप्ति (एक्विजिसन) गर्ने, स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्नेलगायतप्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ।
करीब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेको छ।















प्रतिक्रिया