८ कार्तिक २०८३, आइतबार

पत्रकार महासंघ अध्यक्ष पोखरेल ठगी धन्दामा लागेको केन्द्रीय सदस्यको आरोप, बैठक बहिस्कार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको भन्दै केन्द्रीय सदस्यहरूले बैठक बहिस्कार गरेका छन्।

कपिलबस्तुमा शुक्रबार सुरु भएको केन्द्रीय समितिको बैठकमा पोखरेलको संलग्नताको विषय छानबिन हुनुपर्ने माग उठेको थियो।

बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको र उक्त विवादीत कार्यक्रममा सम्बोधन गरेको जवाफ केन्द्रीय सदस्यले खोजेका थिए।