
भक्तपुर, ३० पुस । मेगा बैंक नेपालले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्लामा सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीस्टिीभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेकी छिन् ।
सो अवसरमा उक्त समितिका संयोजक प्रदिपकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रहरी नायव उपरीक्षक राजु पाण्डेको सहभागिता रहेको थियो ।
भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरीद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सीईओ खुञ्जेलीको भनाइ छ ।















प्रतिक्रिया