६ कार्तिक २०८३, शुक्रबार

विप्रेषण आप्रवाहमा ६ दशमलव ८ प्रतिशतले आयो कमी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाहमा ६ दशमलव ८ प्रतिशतले कमी आएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ८ प्रतिशतले कमी आई ३८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव ० प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२ दशमलव ७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५ दशमलव ८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७ दशमलव ३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५ दशमलव ७ प्रतिशतले कमी आई रू.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलव ५ प्रतिशतले बढेको थियो ।