
काठमाडौं, २७ पुस। नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई कारबाही हुने भएको छ। नारायणहिटी दरबारस्थित जग्गा भाडामा दिने प्रकरणमा उनको भूमिकामाथि छानविन समितिले जिम्मेवारी पूरा नगरेको प्रतिवेदन बुझाएको छ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई छानविन समितिले बुझाएको प्रतिवेदनमा सम्झौता विपरित वि. म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा कार्यकारी निर्देशक दाहालले कारबाही गरेनन्।
प्रतिवेदनमा क्यान्टिन भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार नमानिएको उल्लेख छ।
बोलपत्रदाताहरु आपसमा मिलेमतो गरी न्यूनतम मूल्यांकन रकम भन्दा केही पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेका कारण मिलोमतोको आशंका छानबिन समितिले गरेको छ।
नारायणहिटीभित्र क्यान्टिन बनाउनका लागि ठेक्का पाएको बतास समूहको हालीमुहाली खुलेपछि यो प्रकरणले सतहमा चर्चा पाएको छ।











प्रतिक्रिया