९ कार्तिक २०८३, सोमबार

एमाले कैलालीको अध्यक्षमा झिनो मतान्तरसहित थापा विजयी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २७ पुस । नेकपा एमाले कैलालीको अध्यक्षमा झिनो मतान्तरसहित रतनबहादुर थापा विजयी भएका छन् ।

उनले आफ्नो प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गरेका हुन् । थापाले २८७ मत पाउँदा चन्दले भने २८३ मत प्राप्त गरेका छन् ।

मत परिणाम अनुसार उपाध्यक्षमा दुर्गाप्रसाद जोशी (३२७) र सचिवमा डेजी पाण्डे (२९५) विजयी भएका छन् ।

त्यस्तै उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भएका छन् । चौधरीले २९० र शाहीले १९६ मत ल्याएर विजयी भएका हुन् । सदस्यहरूको भने गणना गर्न बाँकी छ ।