६ कार्तिक २०८३, शुक्रबार

नमस्ते–पे र कामना सेवा विकास बैंकबीच अनलाइन भुक्तानी सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नमस्ते–पे र कामना सेवा विकास बैंकबीच डिजिटल वालेट सुविधा आदान–प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

साझेदारी पत्रमा नमस्ते–पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा हस्ताक्ष गरेका छन् ।

सम्झौतापश्चात बैंकका ग्राहकले मोबाइल बैंकिङको माध्यमबाट आफ्नो नमस्ते–पे खातामा रकम लोड गरी क्रेडिट बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, बिजुलीको बिल भुक्तानी, खानेपानीको महशुल भुक्तानी, मोबाइल टपअप र अन्य विभिन्न भुक्तानी गर्ने सुविधा प्राप्त गर्न सक्ने छन् ।