९ कार्तिक २०८३, सोमबार

शिक्षामन्त्री पौडेल र काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रुघाखोकी लागेपछि गरिएको परीक्षणमा शिक्षामन्त्री पौडेललाई कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमै छन् ।

यस्तै प्रजिअ रिजाललाई पनि लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । रिजाललाई संक्रमण पुष्टि भएसँगै उनीसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

काठमाडौं उपत्यकासहित देशभर केही दिनयता कोरोना संक्रमण दर बढेको छ । आज सोमबार मात्रै १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।