६ कार्तिक २०८३, शुक्रबार

नबिल बैंकले कृषि कर्जा मेला तथा लगानीसम्बन्धी संवाद कार्यक्रममा सहकार्य गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’मा सहकार्य गर्ने भएको छ ।

सहकार्यका लागि बैंकले मेलाको आयोजक आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना गर्ने मेलामा बैंकले सहकार्य गर्न लागेको हो । मेलाको

कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालाहरू किसान, उद्यमी, कृषि व्यापारी, प्रविधिप्रदायक, वित्तीय संस्थाहरू र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उद्देश्य रहेको बताइएको छ । नबिल बैंकद्वारा प्रस्तुत हुन गइरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिका अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।