३ मंसिर २०८३, बिहिबार

एमालेको ‘क्रिम’ जिल्ला रुपन्देही अध्यक्षमा केसी निर्विरोध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २५ पुस। नेकपा एमालेको क्रिम जिल्ला मानिने रुपन्देहीमा तेजेन्द्र केसी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्।

उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध भएका हुन्।

उपाध्यक्षमा तिलोत्तमा नगरपालिकाको उपप्रमुख रहेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन्।

सचिवमा खेमप्रसाद लुइँटेलले दिएको उम्मेदवारी फिर्ता लिएपछि यज्ञ गैरे निर्वाचित भए भने दुई उपसचिवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र हितराज पन्थीलाई विजयी गराइयो। अधिवेशनले १५१ सदस्यीय रुपन्देही जिल्ला कमिटी बनाएको छ।