
काठमाडौं, २३ पुस। काठमाडौंको कपनस्थित एउटा घरमा लिभिङ टुगेदर बस्दै आएका जोडी मृत फेला परेका छन्।
संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई छूरा रोपेको र घाँटी रेटेको अवस्थामा फेला परेका हुन्। जिमीको घाँटी रेटिएको थियो भने राईलाई छूरा प्रहार गरिएको थियो।
२२ दिनदेखि लिभिङ टुगेदर बसेका उनीहरू मृत भेटिएपछि विहीबार राती १२ बजे प्रहरी घटनास्थल पुगेको थियो। उनीहरू जिमीकी ठूलीआमाको शिवजी चौकस्थित घरमा बस्दै आएका थिए।
आपसी विवादमा जिमीले प्रेमिकाको हत्या गरी आत्महत्या गरेको अनुमान गरिए पनि घटनाको गहिरो अनुसन्धान सुरु भएको प्रहरी स्रोतले जनाएको छ।











प्रतिक्रिया