६ कार्तिक २०८३, शुक्रबार

एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । एनआईबीएल एस क्यापिटलले सञ्चालन गरेको ‘एनआईबीएल समृृद्धि फण्ड–१’ परिपक्व भएको छ ।

२०७१ साल पुुस २३ गतेदेखि सञ्चालनमा आएको एनआईबीएल सामुहिक लगानी कोषअन्तर्गतको उक्त फण्ड आज (२०७८ पुस २२) मा परिपक्क भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवर्द्धक रहेको र एनआईबीएल एस क्यापिटल फण्डको व्यवस्थापक रहेको थियो । ७ वर्षअघि रू १० अंकित दरका १० करोड इकाइको एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशन गरिएको थियो ।

उक्त योजनाले ७ वर्षको अवधिमा इकाइधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको एनआईबीएल एस क्यापिटलले जनाएको छ । त्यस्तै यो फण्ड दोस्रो बजारमा अधिकतम प्रतिइकाई रू. १७.७१ सम्म कारोबार भएको थियो ।

एनआईबीएल सामुहिक लगानी कोषअन्तर्गतको एनआईबीएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व भएसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारी गरिरहेको बताएको छ ।