६ कार्तिक २०८३, शुक्रबार

धादिङको मलेखुमा पनि खुल्यो सानिमा बैंकको शाखा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सानिमा बैंकले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।