३० आश्विन २०८३, शुक्रबार

जर्मनीमा नरेन्द्र मोदीले भने-‘भगवान गौतम बुद्ध भारतमै जन्मिएका हुन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, २ वैशाख । नेपाल आएर संसदमा सम्बोधन गर्दै गौतम बुद्धको देश भनेर सम्बोधन गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मनी पुगेर बोली फेरेका छन् ।

मोदीले जर्मनी पुगेर भगवान गौतम बुद्ध भारतमै जन्मिएको दाबी गरेका छन् । युरोप यात्रामा रहेका मोदीले बुधबार जर्मन चान्सलर एन्जेला मार्केलसँगै पत्रकार सम्मेलनमा भगवान गौतम बुद्ध भारतमा जन्मेको सगौरवका साथ आफ्नो मन्तव्यमा बोले । ‘महात्मा गान्धी र गौतमबुद्ध जन्मेको देश भारत हो’ भन्दै उनले भारतलाई राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यता पाउनुपर्ने माग राखे ।

भारतलाई विश्वमा चिनाउन मोदीले सम्मेलनमा गौतम बुद्ध भारतकै भएकाले शान्ति र सुरक्षाको देश पनि भारत भएको दाबी गरेका थिए । उनको यो भनाईले भारतले नेपाललाई अझै पनि हेप्ने गरेको पुष्टि भएको छ ।