६ कार्तिक २०८३, शुक्रबार

नेपाल एयरलाइन्सले विद्युत् प्राधिकरणका कर्मचारी र उनीहरूका परिवारलाई टिकटमा छूट दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल एयरलाइन्स (एनएसी)को जहाजमा यात्रा गर्दा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत छूट पाउने भएका छन् ।

नेपाल एयरलाइन्स र विद्युत प्राधिकरणबीच आज सोमबार यससम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५ देखि १० प्रतिशत छूट पाउने छन् ।