६ कार्तिक २०८३, शुक्रबार

बैंक अफ काठमाण्डू लिमिटेडको ‘बीओके स्मार्ट सेभिङ्ग एकाउन्ट’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस । बैंक अफ काठमाण्डू लिमिटेडले बीओके स्मार्ट सेभिङ्ग एकाउन्ट सार्वजनिक गरेको छ ।

“कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।

उक्त बचत खाता ग्राहक महानुभावहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ ।

यस बचत खाता खोल्दा ग्राहक महानुभावहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बीओके इकम डलर कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नुहुनेछ ।

थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।