६ कार्तिक २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकद्वारा १५ औँ वार्षिकोत्सवमा देशव्यापी रक्तदान कार्यक्रम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले शुक्रबार पुस १६, २०७८ मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ कोलाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौँ, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पुस १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ ।

यस अघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पुस १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६ औँ वर्षमा प्रवेश गर्दैछ ।