६ कार्तिक २०८३, शुक्रबार

स्मार्ट टेलिकमको “नयाँ वर्ष २०२२ मा डबल खुशी” योजना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । स्मार्ट टेलिकम, नेपालको सबैभन्दा ठूलो जीबी प्लान प्रदान गर्ने एक मात्र टेलिकमले हालै नयाँ वर्षमा आफ्ना ग्राहकवर्गहरुलाई उत्सव र उत्साहको यो मौकामा खुशीलाई अझै दोब्बर बनाउन अर्को आकर्षक योजना “नयाँ वर्ष २०२२ मा डबल खुशी” लिएर आएको छ ।

चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यममा यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्राहकले स्मार्ट सेलका डेटा प्याक खरिद गर्दा दोब्बर खुशी प्राप्त गर्न सक्नुहुने छ ।

यस योजनाअन्तर्गत, डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी डेली डेटा र मासिक २ जीबी डेटा प्याक खरिद गर्दा “बाइ वान गेट वान” योजनाअन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि दोब्बर डाटा निःशुल्क पाउन सक्नुहुने छ ।

प्रयोगकर्ताहरुको अनुभवलाई सहज एवं बढावा दिने हाम्रो प्रतिवद्धतालाई कायम राख्दै, स्मार्ट टेलिकमले दैनिक जीवनलाई सहज बनाउने यस्ता विभिन्न किसिमका रोमाञ्चक अफर तथा योजनाहरू विगतमा जस्तै ल्याउँदै आउनुका साथै स्मार्ट प्रयोगकर्ताहरूसँगको सम्बन्धलाई थप बलियो बनाउन सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

थप जानकारीको लागिप्रयोगकर्ताहरूले *141*३# डायल गर्न सक्नुहुनेछ ।