
काठमाडौं, २ वैशाख । राजधानीको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोको पाँचौ दिनमा कार्बन मोबाइल मार्फत गुगलले ल्याएको नयाँ मोडल स्पार्कल भिएन्ड्रोइड १ स्मार्टफोन लञ्च गरिएको छ ।
नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले मेलाको पाँचौदिन बुधबार कार्बन मोबाइल मार्फत गुगलले ल्याएको नयाँ मोडल स्पार्कल भिएन्ड्रोइड १ स्मार्टफोन लञ्च गरेका हुन् ।
पारस कार्बन मोबाइलको नेपालका अधिकृत बिक्रेता अलाइड ट्रेड लिंकका लागि ब्राण्ड एम्बासडर पनि हुन् । कार्बन मोबाइलले नेपाली क्रिकेटलाई महत्वपुर्ण सहयोग गरेकोमा पारसले अलाइड ट्रेड लिंकलाई धन्यबाद दिएका छन् ।
बुधबार पारसले मोबाइल एक्स्पोमा कार्बन मोबाइल खरिद गर्ने ग्राहकले एउट टिसर्ट र त्यसमा अटोग्राफ पनि दिएका थिए ।



















प्रतिक्रिया