६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर शाखाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङगणमा आयोजित शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत प्रदान गरिएको बैंकका महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताएका छन् ।

महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहिअनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकायालगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो । गाउँघरमै आएर बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानीयहरुले बताएका छन् ।