
काठमाडौं, १३ पुस । सानो मिल्टीखोला हाइड्रोपावरका सञ्चालकहरूले हाइड्रोपावर अलपत्र पारेको भन्दै शेयरधनीहरूले विरोध जनाएका छन् ।
आज सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शेयरधनीहरूले विदेशमा पसिना बगाएको मजदुरहरूको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले ३५ दिने सूचना निकालेर ऋण तिर्न भने पनि हाइड्रोपावर ७० दिन हुँदासम्म चुप लागेर बसेको शेयरधनी चेतबहादुर बस्नेतले बताए ।
सञ्चालकहरूको जाय जेथा, चल अचल सम्पत्तिबाट असुलेर भनेपनि विदेशमा बसेर पसिना बगाएका मजदुरहरूको पसिना नडुबाउन र हाइड्रो सञ्चालन गर्नुपर्ने माग गरे । रामेछापस्थित मन्थली नगरपालिका–१३ र १४ स्थित हाइड्रोपावर डुब्न लाग्दा शेयरधनीहरू डुब्ने खतरा बढेपछि आफूहरूको धारणा सार्वजनिक गरेका हुन् ।
बस्नेतले हाइड्रोपावरले आफुजस्तै ५ सय जना शेयरधनीहरूलाई अलपत्र पार्न खोजेको बताए । ‘हामी सबैले बिदेशको चर्को घाममा पसिना बेचेर कमाएको पैसा हो, हाम्रो पैसा सुरक्षित हुनुपर्छ । हाइड्रो जसरी पनि सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘यो सञ्चालकहरूको बेइमानीको कारण आज हामीले दुःख पाएका छौं । हाम्रो पैसा फसाइदै छ ।’
एकजना शेयरधनीले १ लाख देखि १३ लाख रूपैयाँसम्म लगानी गरेको उनले बताए । उनले शेयरधनीहरूको पैसा लिएर सञ्चालकहरूले कामै नगरेको उनको भनाई थियो । हाइड्रोपावरले आफूहरूले देखिने गरेर जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको समेत उल्लेख गरे । उनले भने, ‘४ किलो बाटो पनि अरुको पनि लगानी छ भन्ने सुनेका छौ । त्यसमा पनि हाइड्रोको मात्र लगानी छैन् ।’ सकेसम्म विदेशमा कमाएका मजदुरको लगानी सुरक्षित होस्, नडुबोस् ।’
शेयरधनी गोकर्ण रिमालले हाइड्रोपावरले शेयरधनीहरूलाई धोका दिएको बताए । उनले भने, ‘बैंकले ऋण असुलीको सुचना निकालेपछि हाइड्रोपावरले लगानीकर्ता खोज्दैछौ, तपाईहरूको लगानी डुब्न दिन्नौ, केही समय धैर्य गर्नुहोस् भने पनि ७० दिन नाघ्दा सम्म केही काम नगरेको र लगानीकर्ता पनि आएका छैनन् ।’ उनले मजदुरहरूको रकम सकेसम्म नडुबोस् भन्ने आफ्नो चाहना रहेको बताए ।
उनले दक्षिण कोरियामा काम गरेको करिब ५ सय जना मजदुरहरूले हाइड्रोमा शेयर हालेको जानकारी दिए । ५ सय जना नै हाइड्रोका संस्थापक सञ्चालकहरूबाट पीडित भएको पनि सुनाए । २ पटक गरेर कोरियाबाट ११ करोड ४५ हजार मजदुरहरूको पैसा हाइड्रोले उठाएको भन्दै उनले थप बैंकबाट ३ करोड ऋण लिएर खर्च गरेको जानकारी दिए ।
उनले भने, ‘ब्याजसहित गरेर १७ करोड हाराहारीमा हिसाब देखिन आउँछ ।’ कार्यक्रममा शेयरधनीहरू गोकर्ण रिमाल, शालीग्राम सिलवाललगायतको उपस्थिति थियो ।















प्रतिक्रिया