६ कार्तिक २०८३, शुक्रबार

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका ज्योति मगर आउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १२ पुस । तुलसीपुरमा जारी ऐतिहासिक तुलसीपुर महोत्सव एक दिन थप भएको छ ।

महोत्सवमा आउने दर्शकहरूको संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको समय एक दिन थप गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताए ।

‘महोत्सव अवलोक गर्ने दर्शकहरूको संख्या बढिरहेको छ । महोत्सव थप्नु पर्ने माग पनि आयो । त्यस कारण एक दिन थप गरेका छौ,’ घर्तीले भने । उनका अनुसार शनिबार करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।

तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शलेक अवलोक गर्ने सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।

हिजो आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरेलगायत कालाकारहरूले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने आज सोमबार चर्चित गायिका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डीसीलगायतका कलाकाहरूको बेजोड प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिएका छन् ।