६ कार्तिक २०८३, शुक्रबार

नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा नबिल बैंकको मोबाइल बैंकिङबाट पैसा लोड गर्न सकिने भएको छ ।

उक्त प्रयोजनका लागि खल्तीले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौताले नबिल बैंकका ग्राहकहरूलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ । यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्ने छन् ।

यो पार्टनरशीपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने विश्वास आफूहरूले लिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौं परोक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ ।

६० हजार भन्दा धेरै सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको खल्तीले विभिन्न क्यासब्याक तथा छूट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि योगदान दिँदै आएको कम्पनीको भनाइ छ ।

नबिल बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यलय, १८७ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरूलाई मूल्य अभिवृद्धी गर्न उच्च सेवा वितरणको लागी लक्षित रहेको बैंकको भनाइ छ ।