नयाँदिल्ली, २ वैशाख । विश्वकै चर्चित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान दुर्घटनामा परेको खबरहरु सार्वजनिक भएका छन् ।
हाल युरोप–उत्तर अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी चढेको विमानको इन्जिन विग्रिएर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पेरिस यात्राका समयमा मोदी चढेको विमान विग्रिएपछि आकस्मिक अवतरण गरिएको थियो । खबर अनुसार विमान विग्रिएपनि प्रधानमन्त्री मोदी सकुशल छन् ।
विमान विग्रिएपछि बोइङ ७४७–४०० बाट मोदीको क्यानडा भ्रमण रद्द गरिएको छ । बोइङ ७४७–४०० को अहिले मर्मत गरिदैछ ।
विमान विग्रिएपछि प्रधानमन्त्री मोदीका लागि लागि एयर इन्डियाले अर्को विमान नयाँ दिल्लीबाट पठाएको छ ।
तयारी अवस्थामा राखिएको सो विमानका चालक दलका सदस्यहरुलाई पनि बर्लिन पठाइएको हो । अर्को विमान बर्लिन पुगे लगत्तै मोदी क्यानडाका लागि प्रस्थान गरेका छन् ।















प्रतिक्रिया