६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा कियोस्क सेवा शुरू, के–के पाइन्छ सेवा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । सिटिजन्स बैंक इन्टरनेसनलले कियोस्क सेवाको सुरुवात गरेको छ ।

डिजिटल बैंकिङ अघि सारेको बैंकले आफ्ना ग्राहकलाई वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यो सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो सेवा सुरु गरे ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोस्क सेवा प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।