६ कार्तिक २०८३, शुक्रबार

लुम्बिनी जनरलद्वारा बीमा क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा क्षति मूल्याङ्कनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

कम्पनीले यही पुस ३ गतेदेखि ५ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गरेको हो । तालिममा १० जना प्रशिक्षार्थीको सहभागिता थियो ।

तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बिमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए ।