६ कार्तिक २०८३, शुक्रबार

डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाखको चिकित्सा उपकरण प्रदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताल–एनएएमएसलाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ ।

डाबर नेपालकी अध्यक्ष तथा प्रबन्धनिर्देशक इश्वरी राना र नेपाल तथा म्यानमार व्यापार प्रमुख एच.एस. बेदीले वीर अस्पताल, काठमाडौँको परिसरमा सोमबार एक कार्यक्रमकाबिच चिकित्सा उपकरण हस्तान्तरण गरेका थिए ।

डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल–एनएएमएसका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, “वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदानगर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।”