१० कार्तिक २०८३, मंगलबार

१६ वर्षीया किशोरीलाई पटक–पटक करणी गर्दै आएका नितेशकुमार पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । १६ वर्षीया किशोरीलाई पटक–पटक करणी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाटोलका १९ वर्षीय नितेश कुमार महतो छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महतोले ती किशोरीलाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई पटक–पटक करणी गर्दै आएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनले मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका–४ टोल डकैलास्थित आफ्नो दिदीको घर कोठामा लगि मंसिर २६ गतेसम्म पटक–पटक करणी गरेका थिए । पीडितले दिएको जाहेरी दर्खास्तका आधारमा महतोलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट पक्राउ गरेको हो ।

उनीउपर जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैबीच २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका–८ चित्रेका २१ वर्षीया जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जितेन्द्रले ती महिलाको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।