१० कार्तिक २०८३, मंगलबार

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरू

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । संयुक्त राष्ट्र संघको आह्वानमा लेबनानमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरू भएको छ ।

२०७८ मंसिर २९ गते युनाइटेड मिशन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा तैनाथ श्री बर्दबहादुर गण (शान्ति सेना) को ६२औं डफ्फालाई बदली गर्न लागिएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त डफ्फालाई बदली गर्नका लागि श्री गोरख बक्स गण (शान्ति सेना) ६३औं डफ्फालाई त्यसतर्फ पठाइएको छ ।

जस अन्तर्गत पहिलो फ्लाइटमा प्रमुख सेनानी विकास केसीको नेतृत्वमा २१५ जना नेपाली शान्ति सैनिक काठमाडौंबाट यूएन चार्टर फ्लाइटमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली–बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न यूएन मिशनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।